नेपाल स्काउटका स्वयंसेवकले बचाए साथी खोज्न हिडेका मेलम्चीका सितलालको ज्यान

नेपाल स्काउटका स्वयंसेवकले बचाए साथी खोज्न हिडेका मेलम्चीका सितलालको ज्यान

कपन अनलाइन

काठमाडौं जेठ ३।

मेलम्ची कटुन्जेका सितलाल तामाङलाई नेपाल स्काउटका स्वयंसेवकले बचाएका छन। बुधबार साँझ साढे चार बजेतिर आफ्ना साथी रामकाजीलाई खोज्न भनेर हिडेका उनलाई नेपाल स्काउटका स्वयंसेवकहरुले हिलोमा भासिदै गरेको अवस्थामा उद्दार गरेका थिए।

मेलम्चीमा बाढीको वितण्डाले  बगरमा परिणत मेलम्चीको नयाँ बजारको बालुवामाथि दौडिँदै पुगेका तामांग  हेर्दैहेर्दै  बालुवामा फस्दै गएका थिए।

त्यसवेला स्काउट टोली डोरी लिएर उत्रियो र बगरैबगर बाढीले बगाएका मुढा मिलाउँदै ती वृद्धको उद्धार गरिएको थियो ।आधी डुबेर  त्रसित तामांगले धेरैको गाली खाएका थिए भने कतिपयले सहनुभुत्ति समेत दिएका थिए।

मेलम्चीमा बाढीले वितन्डा मच्चाए संगै राहतमा उत्रिएको नेपाल स्काउट अहिले सो क्षेत्रमा निरन्तर सक्रिय रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।