मेलम्चीको होटेलमा फसेका युवाहरुलाई सेनाकाे हेलिकोप्टर द्वारा उद्दार

मेलम्चीको होटेलमा फसेका युवाहरुलाई  सेनाकाे हेलिकोप्टर द्वारा  उद्दार

कपन अनलाइन

काठमाडौं असार २ ।मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फँसेका दुई  युवालाई नेपाली सेनाले उद्दार गरेको छ ।मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए । भिषण बढीले मेलम्ची बजारमा गम्भीर क्षती पुगेको छ। असार १ गते मेलम्ची खोलामा आएको बढीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख ब्यापारिक केन्द्र मेलम्ची बजारका घरहरु र अन्य संरचनमा निकै ठुलो क्षती पुगेको हो ।

 

तपाइँको प्रतिक्रिया ।