भिषण बाढीले मेलम्ची बजारमा गम्भीर क्षती

भिषण बाढीले मेलम्ची बजारमा गम्भीर क्षती

कपन अनलाइन

काठमाडौं असार २ ।

भिषण बाढीले मेलम्ची बजारमा गम्भीर क्षती पुगेको छ। असार १ गते मेलम्ची खोलामा आएको बढीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख ब्यापारिक केन्द्र मेलम्ची बजारका घरहरु र अन्य संरचनमा निकै ठुलो क्षती पुगेको छ।

सो बजारमा पसेको बढीले धेरै घरहरुमा गम्भीर क्षेती पुगेको छ भने सदरमुकाम चौतारा संग जोड्ने पुल पनि बगाएको छ। खोला बगरमा रहेको पार्क र फोहोर प्रसोधन केन्द्रको नामोनिसान रहेको छैन भने रेडियो मेलम्चीको भवन पनि दुई तला सम्म डुवेर त्यसका महत्त्वपूर्ण उपकरणहरु बगाएको छ।

त्यस्तै नदि किनारमा रहेका घर टहराहरु सबै बगाएको छ भने कति मानवीय क्षती भयो भन्ने अहिले सम्म एकिन हुन् सकेको छैन। सो बजारमा निर्माण गरिएका होटल र अन्य पूर्वाधारमा भएको क्षती अहिले अनुमान गर्न नसकिने बताउदै एक स्थानीयले भूकम्पले थलिएको बजारमा नराम्रो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको भन्दै दुख व्यक्त गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।