भारतले आज गणतन्त्र दिवस मनाउदै
माघ १२ । भारतले आज गणतन्त्र दिवस मनाउदै छ । भारतको राजधानी नयाँदिल्लीमा सैनिक परेडसँगै बिभिन्न साँस्कृतिक झाँकी निकालिदै छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राजपथमा झण्डत्तोलन गर्ने र सलामी ग्रहण गर्ने र संक्षिप्त सम्वोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति वराक ओवामा प्रमुख अतिथि रहने छन् ।
त्यहाँ अनेकतामा एकताको सन्देश दिने खालका प्रस्तुती प्रदर्शन हुने भारतीय सन्चार माध्यमले जनाएका छन् । यसपटकको सैनिक परेडको मुख्य आकर्षण हलुका लडाकु विमान रहने छ । ति लडाकु विमान भारतमै बनाइएका हुन् । गणतन्त्र दिवसको अवसरमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुख्य मुख्य सहरका बिभन्न स्थानमा सीसीटीभि क्यामरा जडान गरिएको छ । साथै हवाई र स्थल गस्ती पनि बढाइएको छ । विशेष गरी पाकिस्तानसँग सीमा जोडिएको जम्मु र कास्मीरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गाणतन्त्र दिवस भारतको राष्ट्रिय पर्व हो, जो हरेक वर्ष २६ जनवरीको दिन मनाइन्छ । यसै दिन सन १९५० को दिन भारतको संविधान लागू भएको थियो ।