हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकाका १२ सय १३ जनाले कोरोना जिते

हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकाका १२ सय १३ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, असार १ ।पछिल्लो २४ घण्टामा कागेश्वरी मनोहरा नगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल बाट जानकारी गराएका छन ।  पछिल्लो समय नगरपालिकामा कोरोना संक्रमित विरामीको संख्या घट्दै गएको देखिन्छ । दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ३१ गते सम्ममा १९९१ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये १२१३ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन।

उनले कुल संक्रमित मध्ये ७३२ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै  हाल  सम्म नगरपालिकाका ४६ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । उनले हाल होम आइसोलेसनमा जना रहेको जानकारी गराउदै अस्पतालमा ४१ जना कोरोना संक्रमित भर्ना भएको जानकारी गराएका छन।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा सही तरिकाले  मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगरबासीहरुलाई  अनुरोध गरेका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ३६ जना महिला – १७ जना

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – २७ जना महिला – ८ जना

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – २२ जना महिला – १४ जना

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – ४३ जना महिला – ३० जना

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ८१ जना महिला- ९१ जना

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १४८ जना महिला- १३० जना

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १९० जना महिला- १६६ जना

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष १०२ जना महिला ८८ जना

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष ३९७ जना महिला ४०१ जना  रहेको उल्लेख गरेका छन।

तपाइँको प्रतिक्रिया ।