टोखा नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब दिन नगर प्रमुख प्रकाश अधिकारीको अनुरोध

टोखा  नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब दिन नगर प्रमुख प्रकाश अधिकारीको अनुरोध

कपन अनलाइन

काठमाडौं,असार १ । टोखा नगरपालिकाले  आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटलाइ प्रभाबकारी बनाउनका लागि सुझाब उपलब्ध गराउन  नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिक सूचना मार्फत नगरबासीलाइ अनुरोध गरेका छन। उनले नगरपालिकाको आगामी आर्थिक बर्ष  २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि  कार्य भई रहेकोले बजेटलाई कार्यन्वयन योग्य र प्रभावकारी बनाइ टोखा नगरपालिकालाई समृद्द बनाउन के कस्ता कार्यक्रम र नीतिगत सुधार बजेटमा समावेश गर्न आवश्यक रहेको हुँदा  नगरपालिकाको निम्न इमेल तथा फोन नं मा मिति २०७८ साल असार ५ गते भित्र आ आफ्नो अमुल्य सुझाबहरु उपलब्ध गराई सहयोग गर्न  सम्पूर्ण राजनीतिका दल, संघसंस्था, बुद्धिजीवी नागरिक समाज, बिज्ञ,व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी संचारजगत लगायत आम टोखा नगरबासीहरुलाई  अनुरोध गरेका छन।

सम्पर्क

[email protected]

[email protected]

[email protected]

[email protected]

[email protected]

मधुसुदन मिष्टर ९८४१३१९०६९

तपाइँको प्रतिक्रिया ।