छापिदै छन् एसएलसीको प्रश्नपत्र

छापिदै छन् एसएलसीको प्रश्नपत्र

कपन अनलाइन ,माघ १२- विद्यार्थीको जनसंख्याको आधारमा यो बर्षको एसएलसी परिक्षाका लागि प्रश्नपत्र छाप्ने काम तिब्र रुपमा अघि बढेको छ । आगामी चैत पहिलो सातादेखि सुरु हुने एसएलसी परीक्षा तयारीमा जनक शिक्षा सामाग्री केन्द्रले माघको सुरुवात देखि काम थालेको केन्द्रले जानकारी दिएको छ ।

चैत्र ५ देखि १६ सम्म हुने परीक्षाका लागि देशभरका परीक्षामा सहभागी हुने परीक्षार्थीको फाराम ‘इन्ट्री’ भैरहेको परिक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले बताए ।Slc
अधिकांश जिल्लामा उत्तरपुस्तिका लगि सकेको र उपत्यका बाहिरका केही जिल्लामा परीक्षा केन्द्र समेत तोकिसकेको उनले जानकारी दिए ।

आगामी एसएलसी परिक्षाका लागि ७० प्रतिशत बढी काम भैरसकेको उनले दाबी गरे । यो पटकको परीक्षा व्यवस्थित र मर्यादित बनाउन परिक्षा नियन्त्रण कार्यालयले आचारसंहिता समेत तयार गर्ने कार्य अघि बढाईसकेको
छ । आगामी एक सातामा मुलुकभरको परीक्षार्थी संख्या, परिक्षा केन्द्र, केन्द्राध्यक्ष तथा सुरक्षाकर्मीको संख्या पनि तोकिसक्ने योजना रहेको बताईएको छ ।

परिक्षाको समयभर मोबाइललगायतका कुनै पनि विद्युतीय उपकरण प्रयोग गर्न नपाईने र शिक्षक तथा कर्मचारीहरु विद्यालय पोशाकमा उपस्थित हुनुपर्ने कार्यालयले बताएको छ ।

यस पटकको एसएलसीमा ५६ विषयका प्रश्नपत्र तयार गरिएको छ भने १० कक्षाबाट मात्रै प्रश्न समावेश गरिएको उनले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।