नेपाल बुद्धिचाल संघका अग्रणी व्यक्तित्व राजेशहरी जोशीको निधन

नेपाल बुद्धिचाल संघका अग्रणी व्यक्तित्व राजेशहरी जोशीको निधन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरी जोशीको आइतबार  निधन भएकोछ। ह्रृदयघातको कारणले उहाँलाई ललितपुरको बि एण्ड बि हस्पिटलमा साँझ ७ बजे  पुर्याउदा मृत्युु भएको घोषणा चिकित्सकले गरेका थिए।

नेपाल बुद्धिचाल संघको  दुई कार्यकाल ८ बर्ष अध्यक्षको जिम्मेवारी लिएका जोशीको कार्यकाल नेपालको बुद्धिचाल खेल विकास र विस्तारको लागि कोशे ढुंगा रुपमा नेपाली खेलाडीहरुले लिने गरेका छन्।
उनको नेतृत्वमा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तरराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु भएका थिए भने उहाँले जिम्मेवारी लिंदा नेपालमा रेटेड खेलाडी  आौलमा गन्न सकिने अवस्थामा रहेको थियो। उहाँको निरन्तर सक्रियतामा रेटिङ प्रतियोगिताहरु संचालन भएपछि ९/१० जना रेटेड खेलाडीबाट ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी बनाउन नेपाल सफल भए।
जोशीले बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित  पुर्याउन पनि महत्त्वपूर्ण योगदान गरे। सन् २०१४  नर्वेमा भएको फिडे काँग्रेसबाट विश्व बुद्धिचाल महांघको कार्य समिति सदस्य र अनुशासन  आयोगको सदस्यमा निर्वाचित भए। त्यसैगरि सन् २०१८  जर्जियाको बतुमीमा एको काँग्रेसबाट दोस्रो कार्यकालको लागि पुनः अनुसाशन आयोगमा निर्वाचित भएका थिए ।
सन् २०१४  देखि२०१७  सम्म नेपाल , बंगलादेश , भुटान , माल्दिप्स, पाकिस्तान र श्रीलंका रहेको एशियन जोनल ३.२ को  अध्यक्ष  जस्तो  महत्त्वपूर्ण  जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेका थिए ।
नेपालको खेल इतिहासमा अन्तर्राष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति उनीनै रहेका थिए । उहाँको नेतृत्वमा सन् २०१० मा रसिया, फ्रान्स , स्लोभानिया , भारत , युक्रेनका ग्राण्ड मास्टर सहभागीता रहेको अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता ,  एशियन जोनल ३. २ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता मह्त्वपुर्ण प्रतियोगिता भएको थियो। नगरकोटमा भएको एशियन जोनल ३.२ को प्रतियोगितामा फिडेका अध्यक्ष क्रिसान पनि समापनमा आएका थिए ।उनले नेतृत्व गर्नु अगाडि नेपालको प्राविधिक पक्ष शुन्यको अवस्थामा रहेको थियो।
उहाँको अन्तर्राष्ट्रिय सम्बन्ध र सक्रियताले  अहिले नेपालमा १० जना  अन्तर्राष्ट्रिय आर्विटर,  २० जना फिडे आर्विटर , ५० भन्दा बढी राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षणकहरु रहेका छन्।
२०१३ साल बैशाखमा जन्मनु भएका जोशीको श्रीमती , एक छोरा , एक छोरी र आमा र बुबा रहेका छन्।
तपाइँको प्रतिक्रिया ।