खाद्य हरियाली शहरको लागि कागेश्वरी मनोहरा नगरपालिका र (नाष्ट) बीच समझदारी पत्रमा हस्ताक्षर

खाद्य हरियाली शहरको लागि  कागेश्वरी मनोहरा नगरपालिका र (नाष्ट) बीच समझदारी पत्रमा हस्ताक्षर

कपन अनलाइन

काठमाडौँ, जेठ ३१। कागेश्वरी मनोहरा नगरपालिकाले खाद्य हरियाली शहर कार्यक्रम शुरु गर्ने भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका र नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम शुरु गर्ने सम्बन्धी समझदारी पत्रमा आइतबार  हस्ताक्षर भएको छ । भर्च्युल माध्यम जुम  बैठक मार्फत् समझदारी पत्रमा हस्ताक्षर गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन ।

 कार्यक्रममा खाद्य हरियाली सहर परियोजना सञ्चालन सम्बन्धी दुई पक्षबीच भएको समझदारीबाट पुग्ने लाभ एवम् यसमा दुवै पक्षले पुर्याउनु पर्ने योगदानको बारेमा समेत चर्चा गरिएको थियो  ।

यस कार्यक्रमबाट नगरपालिकाले लिएको कृषिमा व्यवसायिकरण, विविधिकरण एवम् वैज्ञानिकीकरण गर्ने नीतिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।कागेश्वरी मनोहरा नगरपालिकाले स्वच्छ, सफा, हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराका साथ नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको नगर प्रमुख थापाले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।