एक स्वयंसेवकको अनुभव : बुढानिलकण्ठका खोप केन्द्रमा जे देखियो
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३०/सुमित्रा लुइँटेल
चीनले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप मंगलबारबाट ६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाई लगाइएको छ । सबै नागरिकका लागि खोप ब्यवस्थापन भैरहेपनि अहिले सिमित खोप उपलब्ध भएकोले सो उमेर समुहका ब्यक्तिलाई मात्र सरकारले प्राथमिकता दिएको थियो ।
त्यसै अन्तरगर काठमाडौं बुढानिलकण्ठ नगरपालीकाले पनि विभिन्न खोप केन्द्रहरुमा ६० देखि ६४ वर्ष उमेर समुहलाई खोप लगाउने कार्यक्रम संचालन गरिरहेको थियो । जेठ २५ देखि २७ सम्म लगाइने भनीएको खोप विभिन्न कारणले गर्दा २७ गतेलाई स्थगित गरिएको थियो र आज २८ गते लगाइएको थियो ।
६० देखि ६४ वर्ष उमेर समुहलाई मात्र दिने भनिएको खोप अन्य उमेर समुहले पनि लाउन पाउनु पर्ने भन्दै बुढानिलकण्ठ नगरपालीका वडा नं १० का स्थानियहरुले खोप केन्द्रमा हुलदङ्गा मच्चाएका थिए ।
अन्य उमेर समुहले पनि खोप लाउन पाउनु पर्ने भन्दै उनीहरुले खोप केन्द्रमा खटिएका स्वास्थकर्मी, सुरक्षाकर्मी र वडा अध्यक्ष माथी पनी हातपातको प्रयास नै गरेका छन् । जुन लज्जाजनक कुरा थियो।
अनि हामीले देखेको अर्को दृश्य भनेको आफ्ना मान्छे छिराउन पाए खुसि नत्र दुखि हुनेहरुको गतिविधि पनि निकै रोचक थियो भने जेष्ठ नागरिकका लागि आएको खोप कसरि आफुलाई मागेका होलान भन्ने पनि प्रश्न हाम्रो मनमा उब्जेको थियो।
खोप केन्द्रको दृश्य हेर्दा यो खोप कुनै अलौकिक र एक पटक मात्र आउने बस्तु जस्तो मानेर सबै झुम्मिएको देख्दा खोप केन्द्र भन्दा पनि मतदान केन्द्रको झल्को आइरहेको थियो।
स्थानियहरुले अहिले यस्तो कोरोना माहामारीको समयमा पनि खोप केन्द्र अगाडी भिडभाड गरेर आफुहरुले खोप लाउन पाउनु पर्ने भन्दै झडपको स्थिति सिर्जना गरेका थिए।