कर्णाली प्रदेशका माधव नेपाल समूहका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

कर्णाली प्रदेशका माधव नेपाल समूहका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हाे ।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उनीहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

तपाइँको प्रतिक्रिया ।