एउटा गाडी जसले दिनभर चर्चा कमायो……
कपन अनलाइन
काठमाडौँ, जेठ २८। एउटा गाडी जसले दिनभर चर्चा कमायो ।तस्बिरमा देखिएको दृश्य हो, गोकर्णेश्वर नगरपालिका वडा नं ४ बागमती नदि पुलमा अड्किएको गाडी ।
बा १८ च ४७१२ नम्बरको सो गाडीले समान दुवानीको काम गर्दै आएको समान ढुवानी लेखिएको ब्यानर बाट बुझ्न सकिन्छ। साँघुरो र जिर्ण बनेको उक्त पुलमा ठुला गाडी आवत जावत गर्न निषेध गर्न लगाइएको बारमा जवरजस्ती लैजान खोज्दा उक्त घटना घटेको सजिलै अनुमान गर्न सकिन्छ ।
भर्खरै मात्र ठुला सवारी साधन निषेध गर्न लगाइएको बारमा सो गाडी निकै अचम्म लाग्दो तरिकाले फसेको छ ,सो गाडीको अवस्था हेर्दा अगाडी पछाडी गर्न सकिने देखिदैन। कुनै ग्राफिक्स चित्र बनाए जस्तो देखिने सो दृश्यले सामाजिक संजालमा पनि धेरै चर्चा कमाएको थियो।
मुख्य सडकमा निषेधाज्ञा पालना गराउन प्रहरी तैनाथ गरिए पछि प्रहरी चेकिंग बाट बच्न समेत उक्त गाडीले वैकल्पिक बाटो अपनाई जबर्जस्ति पुल पार गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। उक्त घटनामा मानबिय क्षती नभए पनि भौतिक संरचनामा भने क्षति पुगेको छ । यसरि जवरजस्ती सार्वजनिक सम्पतिमा क्षति पुर्याउनेलाइ कारवाही गर्नु पर्ने स्थानीयले माग गरेका छन ।
फोटो : सरोज बस्नेत