गण्डकी प्रदेसका खेलकुद मन्त्री दीपक मनाङ्गे बर्खास्त (पत्र सहित )

गण्डकी प्रदेसका खेलकुद मन्त्री दीपक मनाङ्गे बर्खास्त (पत्र सहित )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आफुलाई साथ नदिएको भन्दै युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई पदबाट बर्खास्त गरेका छन् ।मुख्यमन्त्री गुरूङले बिहिबार साँझ मनाङेलाई बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उता मन्त्री पदबाट बर्खास्त भएलगत्तै मनाङ्गेले पनि राजीनामा पत्र सार्वजनिक गरेका छन् । राजीनामा पत्र शुक्रबार मुख्यमन्त्री गुरूङलाई बुझाउने मनाङ्गे निकट एक युवाले जानकारी दिए । राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने बताएका छन् ।

प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको मनाङ्गेको राजिनामा पत्रमा उल्लेख छ ।

 

तपाइँको प्रतिक्रिया ।