चन्द्रागिरी नगरपालिका वडा नं १ द्वारा आइसोलेसन सेन्टरलाइ आर्थिक सहयोग

चन्द्रागिरी नगरपालिका  वडा नं १  द्वारा आइसोलेसन सेन्टरलाइ आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ २८। चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकले नगरपालिकामा संचालन भएका आइसोलेसन सेन्टरलाइ आर्थिक सहयोग गरेको छ। वडा कार्यलय १ ले मातातिर्थ स्थित सामुदायिक अस्पतालमा संचालित नगरस्तरीय आइसोलेशन सेन्टरमा अक्सिजन प्लान्ट स्थापनार्थ एक लाख एक हजार रुपैया सहयोग गरेको हो ।

 चन्द्रागिरि नगरपालिका वडा नं १ ले कोभिड १९ रोकथाम नियन्त्रणको साथै कोरोना संक्रमितहरुको उपचारमा सहजता होस् भन्ने उदेश्य अनुरुप वडा कार्यलयको निर्णय अनुसार उक्त सहयोग गरेको वडा अध्यक्ष राजेन्द्र केसीले कपन अनलाइनलाइ जानकारी गराए ।

अध्यक्ष केसीका अनुसार  १ नं वडा कार्यलयले चन्द्रागिरि नगरपालिका वडा नं ३ मा समुदायको तर्फ बाट स्थापित आइसोलेसन सेन्टरलाइ रु २५ हजार  र वडा नं १२ बलम्बुमा समेत समुदायको तर्फ बाट संचालित अस्थायी आइसोलेशन सेन्टरका लागि रु २५ हजार रुपैया सहयोग गरेका जानकारी गराए ।  उक्त रकम  चन्द्रागिरि नगरपालिका बाट प्राप्त गर्ने गरि पत्र समेत सम्बन्धित वडा अध्यक्षहरुलाई  प्रदान गरिएको वडा अध्यक्ष राजेन्द्र केसीले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।