समस्यामा परेकाहरुलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको सहयोग

समस्यामा परेकाहरुलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ विरुद्धको सहयोग अभियान अन्तर्गत  काठमाडौं बुढानिलकण्ठ नगरपालिकामा क्यान्सर पिडित ८ वर्षिय बालकलाई एक महिनाको औषधउपचार सहित सोहि अवधिका लागि खाद्यन्न उपलब्ध गराएको छ ।  त्यस्तै  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का २९ वर्षिय युवकको कोभिडका कारण मृत्यु भएको र मृतकको परिवारलाई सहयोगको आवश्यक्ता परेको थाहा पाएपछि १ महिनाका लागि आवश्यक खाद्यन्नहरु समेत उपलब्ध गराएको छ ।

सहयोग अभियान अन्तर्गत   काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक तथा प्रहरी कार्यालयहरुमा मास्क, सेनेटाईजर, फेश शिल्ड, ग्लोबस लगायतका स्वास्थ समाग्रीहरु पनि  वितरण गरिएको थियो   ।

संघले यस अभियान निरन्तर जारी रहने र विशेष गरेर समस्यामा परेका खेलाडी तथा खेलकर्मीहरुलाई प्राथमिकतामा राखेर कार्य गर्ने समेत सघका अध्यक्ष दिपक गुरुङ्गले बताएका छन ।सो  सहयोग अभियानलाई काठमाडौं खेलकुद समाजले संयोजन गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।