नेपाली कांग्रेस काठमाण्डौ -४ को “अैचाेपैचाे” अभियान : बुढानिलकण्ठका ६ अनाथ आश्रमलाई सहयोग

नेपाली कांग्रेस काठमाण्डौ -४ को  “अैचाेपैचाे” अभियान : बुढानिलकण्ठका ६ अनाथ आश्रमलाई सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

नेपाली कांग्रेस काठमाण्डौ  क्षेत्र नं ४ को “अैचाेपैचाे” अभियान अन्तर्गत  बुढानिलकण्ठका ६ अनाथ आश्रमलाई सहयोग गरिएको छ। सो अभियान अन्तर्गत नगरपालिकाका ६ वटा अनाथ आश्रममा खाना ,मास्क ,पानी ,अक्सि मिटर र थर्ममिटर  लगायतका सामाग्रीहरु सहयोग गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका नव युवा बाल सुधार समाज बुनपा ३  ,मानवीय सरोकार केन्द्र बुनपा -३, बाल सुधार संघ कालिका मन्दिर ,बाल सुधार समाज लिपिकोट   लागयतका अनाथ आश्रमहरुलाई सहयोग गरिएको नेपाली कांग्रेस काठमाण्डौ  क्षेत्र नं ४ सभापति राजु श्रेष्ठले जानकारी दिएका छन।

सो अभियान अन्तर्गत निशुल्क एम्बुलेन्स सेवा सहित अन्य आपतकालीन सहयोग गर्दै आएको बताउदै श्रेष्ठले आगामी दिनमा पनि अभियान निरन्तर जारी रहने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।