Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/191957565_524912625351907_3617314687436348816_n-1024x606.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अजिज फाउन्डेसनद्वारा शशस्त्र प्रहरी र चन्द्रागिरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

अजीज फाउण्डेसनले  बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल मुख्यालय नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय र चन्द्रागिरी नगरपालिकालाई  स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।

सो अवसरमा  फाउण्डेसनले सशस्त्र प्रहरी बललाइ २००० थान सर्जिकल मास्क, २२० वटा फेशसिल्ड, ७ वटा पिपिइ र १५ लिटर स्यानिटाइजर सहयाेग गरेकाे थियो भने चन्द्रागिरी नगरपालिकालाई २ हजार मास्क ,१५ सेट पी पी इ ,३० थान फेस शिल्ड र १५ लिटर स्यानिटाइजर प्रदान गरेको थियो।

फाउण्डेसनकाे तर्फबाट अध्यक्ष सेर्की ल्हामु शेर्पा, उपाध्यक्ष पासाङ शेर्पा तथा कार्यकारी निर्देशक राेशन भण्डारीले मुख्यालयका एसपि समिक महर्जन र चन्द्रागिरी नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्कालाई  साे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।