युवा नेता महेस बस्नेत भन्छन , “म जहाँ छु त्यहि छु र म जे छु तेही छु”

युवा नेता महेस बस्नेत भन्छन , “म जहाँ छु त्यहि छु र म जे छु तेही छु”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

नेकपा एमालेका युवा नेता महेस बस्नेतले “म जहाँ छु त्यहि छु र म जे छु तेही छु ” भन्दै मन्त्रि मण्डलको विस्तारका विषयमा आएका समाचारहरुको भ्रममा नपर्न आग्रह गरेका छन।

आफु सधै  पार्टी निति , नेतृत्व र निर्देसन सदैब पालना गरेर अगाडि बढेको बताउदै   नेता बस्नेतले आफु देशभरका एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको र गुट फेर्ने समाचार हल्ला मात्र भएको उल्लेख गरेका छन।

नेता बस्नेतले सामाजिक संजालमा राखेको सामाग्री : 

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृत्व  र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। आफ्नो  निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरका  एमाले कार्यकर्ता  र युवा पंक्तिको मन जितेरै बसेको छु।
पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा   मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो।मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन । मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि।
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ।
तपाइँको प्रतिक्रिया ।