काठमाडौं -५ भाटभटेनी चोकमा बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ

काठमाडौं -५ भाटभटेनी चोकमा बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

काठमाडौं महानगरपालिका-५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन्

बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

तपाइँको प्रतिक्रिया ।