कागेश्वरी मनोहरा नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब दिन नगर प्रमुख कृष्णहरि थापाको अनुरोध
कपन अनलाइन
काठमाडौं, जेठ २७ ।कागेश्वरी मनोहरा नगरपालिकाको असार ७ गते देखि १० गते सम्म पाँचौ नगर सभा हुने भएको छ ।आर्थिक बर्ष २०७८/७९ (२०७८ /असार ७ गते देखि १० गते सम्म)को पाँचौ नगर सभामा पेश गर्नु पर्ने नीति कार्यक्रम तथा बजेटका सम्बन्धमा कोरोना संक्रमणका कारण नगर सभाको योजना छनौट प्रक्रिया संचालन गर्न नसकिने भएको हुँदा नगरपालिकाको website www.kaageshworimanoharamun.gov.np वा [email protected] मा सुझाब दिन नगर प्रमुख कृष्णहरि थापाले अनुरोध गरेका छन ।नगर प्रमुख थापाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञालाइ मध्यनजर गर्दै आर्थिक २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि सुझाबहरु पठाउन अनुरोध गरेका हुन ।
उनले के-कस्ता योजना तथा कार्यक्रमहरु समावेश गर्नु पर्छ भन्ने बिषयमा नगरबासीहरुको सल्लाह सुझाब आवश्यक भएको हुँदा बुदागतरुपमा सुझाब पठाउन अनुरोध गरेका हुन् । नगरपालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिको कार्यकाल ४ वर्ष पुरा गरि पाँचौ बर्षमा प्रवेश भएको अवस्थामा नगरपालिका भित्रका पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा भएका काममा नगरबासी बाट भएको उत्साह जनक सहभागिता र सहकार्यको लागि धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गरेका छन ।