दक्षिणकाली नगरपालिका द्वारा स्वास्थ्य सामाग्री सहयोग

दक्षिणकाली नगरपालिका द्वारा स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ २७ ।दक्षिणकाली नगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ। दक्षिणकाली नगरपालिकामा रहेको मनमोहन स्मृती  सामुदायिक अस्पतालले संचालन गरेको कोभिड वार्डको लागि आवश्यक स्वास्थ्य सामग्री बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख मोहन  बस्नेतले सामग्री हस्तान्तरण गरेका हुन। उक्त कार्यक्रममा नगर उप प्रमुख बसन्ती डंगोल तामाङ, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

नगरपालिकाले मनमोहन स्मृती  सामुदायिक अस्पतालले संचालन गरेको कोभिड वार्डको लागि आवश्यक  अक्सिजन कन्सनट्रेटर १ थान, स्यानीटाईजर, सर्जिकल ग्लोभ्स सर्जिकल मास्क , पी पी इ ,बूट,हाइ फ्लो अक्सिजन मास्क लगायतको स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।