काठमाण्डौ क्षेत्र नं ८ मा भएका विकास निर्माणको निरीक्षण गर्दै पूर्व प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ
कपन अनलाइन
काठमाडौं जेठ २७ ।काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत नागार्जुन नगरपालिकामा भएका विकास निर्माणका कार्यहरुको बुधबार पुर्व प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ , नागार्जुन नगरपालिकाकी उप प्रमुख सुशिला अधिकारी सहितको टोलि द्वारा निरीक्षण गरिएको छ ।
टोलीले वडा नं-५ स्थित आदेश्वर फुलबारीमा निर्माण सम्पन्न भएको कल्भर्ट ,त्यसै गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत पूर्व प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठद्वारा विनियोजित बजेट बाट नागार्जुन नगरपालिका वडा नं ४ को भैरब टोलमा निर्माण सम्पन्न भएको २ लाख लिटर क्षमताको खानेपानी ट्याङकी लगायतको अनुगमन गरेका हुन।
दुवै निर्माण कार्य समयमै सम्पन्न भएकोमा पूर्व प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले खुसी व्यक्त गर्दै स्थानीय उपभोक्ता समितिलाई धन्यवाद दिएका थिए । स्थानीय जनताको सक्रिय सहभागिताले गर्दा नै समयमा कार्य सम्पन्न भएकोमा नागर्जुन नगरपलिकका उपमेयर सुशीला अधिकारीले स्थानीय जनसमुदायको प्रसंशा गरेकी थिइन ।