दोस्रो दिन कागेश्वरी मनोहरा नगरपालिकाका १ हजार ३०जनाले चाइनिज भेरोसेल खोप लगाए
कपन अनलाइन
काठमाडौँ, जेठ २७। सरकारले कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा मंगलबार देखि लगाउन सुरु गरेको छ ।चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन लगाउन शुरु गरेको हो। जेठ २५ गते मंगलबार देखि २९ जेठसम्म चल्ने सो अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाले पनि तीन वटा खोप केन्द्र गोठाटार स्वास्थ्य चौकी , मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी बाट सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित तवर बाट खोप अभियान शुरु गरेको छ।
जेठ २६गते बुधबार कागेश्वरी मनोहरा नगरपालिकाका १०३० जनाले कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोप लगाएको नगर प्रमुख कृष्णहरि थापाले कपन अनलाइनलाइ जानकारी गराए ।उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ स्थित आलापोट स्वास्थ्य चौकी बाट जेठ २६ गते बुधबार २१६ जनाले कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोप लगाएका छन् भने कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको वडा नं ६ को मुलपानी नगर अस्पताल बाट ४२० जनाले खोप लगाएका छन ।त्यसै गरि नगरपालिकाको वडा नं ९ स्थित गोठाटार स्वास्थ्य चौकीबाट ३९४ जनाले खोप लगाएको उनले जानकारी गराएका छन ।