Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/196028750_4096290437129129_5156618599671533277_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/196227772_4096289913795848_3730507922555661330_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नँयाबस्तीमा लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं,जेठ २६। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको  आकस्मिक रक्तदान सम्पन्न भएको छ । कोरोनाको कहरको विषम परिस्थितिमा बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई रगत अभाबमा समस्या नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

 जेठ २६ गते  बुधबार रुद्रेश्वर महादेव मन्दिर परिसर नयाँबस्तिमा   कान्तिपुर अस्पताल रक्त संचार सेवाको प्राबिधिक सहयोगमा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट  बिहान ९ बजे देखि अपरान्ह १ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा५० जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए  ।

 

उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५० जनाले मात्र रक्तदान गरेको जानकारी गराए। कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।उक्त कार्यक्रममा नमुना बौद्ध चेस क्लब, काइजेन फर किड्स प्रि स्कुल एण्ड डे केयर सेन्टर, श्री बागमती रुद्रेश्वर समाज काठमाडौं महानगरपालिका वडा नं ६ परिवार, नेपाल युथ फिटनेस एण्ड क्यालीस्थेनिक्सको सहयोग रहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।