गोकर्णेश्वर र बुढानिलकण्ठको सिमानामा रहेको अस्फाल्ट प्लान्टका कारण स्थानीय आक्रोसित

गोकर्णेश्वर र बुढानिलकण्ठको सिमानामा रहेको अस्फाल्ट प्लान्टका कारण स्थानीय आक्रोसित

कपन अनलाइन

काठमाडौं जेठ २६। यो धुवाँको मुस्लो आइरहेको दृश्य हामि मध्ये धेरै देखेका छौ  । तर यसको  गम्भीरता र दीर्घकालिन असरका बारेमा भने हामी पूर्णत अनविज्ञ तथा चासोहिन छौ ।गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा पर्ने  पानी खोल्सा जुन आरुबारी बस्ति बाट थोरै दुरीमा यो  धुवाँको मुस्लो आइरहेको देख्न सकिन्छ । यो अस्फाल्ट प्लान्ट हो ।

बाटो पिच गर्ने कच्चा पदार्थ बनाउन तथा तताउनका लागि निजि जमिन भाडामा लिएर  बनाइएको  यो   आस्फल्ट प्लान्टले जनस्वास्थ्यमा असर पारेको स्थानियले गुनासो गरेका छन।

सो प्लान्ट बाट निस्कने प्रदुषित धुँवाले वायु प्रदुषण मात्र नभई  मानव शरीरमा क्यान्सर लगायतका घातक रोग निम्त्याउन मद्धत  पुग्छ त्यस माथि अहिले कोरोना महामारीको अवस्थामा स्वास प्रश्वासमा समेत समस्या निम्त्याउने हुँदा  यस्ता प्लान्ट मानववस्ति सम्म नपुग्ने ठाउँमा  सार्न स्थानीयले माग गरेका छन। आरुबारी गोकर्ण जगडोल र पैयटारका जनता प्रत्यक्षयसको मारमा परेको हुँदा यथासिघ्र सो प्लान्ट अन्यन्त्र स्थानान्तरण गर्न अनुरोध गरेका छन ।

यस्तो  प्लान्ट राख्नु अघि स्थानीय तहले त्यस बाट जनस्वास्थ्यमा पर्न सक्ने  असरको बारेमा  अध्ययन तथा विश्लेषण गरेको नदेखिनुका  त्यो प्लान्ट जनस्वास्थ्यमा कति हानिकारक हो भन्ने सामान्य जानकारी स्थानीय तहमा नरहेको भन्दै  भन्दै एक स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।