कीर्तिपुर नगरपालिकालाई ReSurge Nepal को  स्वास्थ्य सामाग्री सहयोग

कीर्तिपुर नगरपालिकालाई ReSurge Nepal को   स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं जेठ २६। कीर्तिपुर नगरपालिकालाई रिसर्ज नेपाल (ReSurge Nepal) ले  स्वास्थ्य सामाग्री प्रदान गरेको छ। मंगलबार  नगरपालिकामा एक कार्यक्रमका बीच रिसर्ज नेपालले कोरोना रोकथाम तथा नियन्त्रणका साथै कोरोना संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामाग्री  नगर प्रमुख रमेश महर्जनलाइ रिसर्ज नेपाल (ReSurge Nepal) का नेपाल निर्देशक प्रा.डा. शंकर मान राईले हस्तान्तरण गरेका हुन।

रिसर्ज नेपाल (ReSurge Nepal) ले सहयोग गरेको स्वास्थ्य सामग्रीमा प्यासेन्ट मोनिटर, सिरप पम्प, अक्सिजन सिलिण्डर, ईन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिमिटर, पिपिई सर्जिकल मास्क, फेस शिल्ड र ग्लोब्स र सेनिटाइजर लगायत  रहेका छन् ।कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिदै कोरोना भाइरस को महामारीको बेलामा  समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने  भन्दै प्राप्त स्वास्थ्य सामग्रीले  कोरोना संक्रमितको उपचार गर्नसहज हुनुको साथै  कोरोना रोकथाम तथानियन्त्रणमा सहयोग पुग्ने बिश्वास  ब्यक्त गरेकी  थिईन।

नगर प्रमुख रमेश महर्जनले प्राप्त सामग्रीहरु कीर्तिपुर अस्पताल र कीर्तिपुरका स्वास्थ्य चौकीहरूमा उपलब्ध गराई उचित प्रयोग गर्ने जानकारी गराएका थिए। कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन, कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर र फेक्ट नेपालका गौरी प्रधान लगायतको  उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।