रेड पाण्डाको छाला सहित पक्राउ

रेड पाण्डाको छाला सहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त बनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धामीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।