टोखा नगरपालिकाको ५०%अनुदानमा फलफुल-तरकारीका विउ वितरण सम्बन्धी सार्वजनिक सूचना 

टोखा नगरपालिकाको ५०%अनुदानमा फलफुल-तरकारीका विउ वितरण सम्बन्धी सार्वजनिक सूचना 

कपन अनलाइन

काठमाडौं ,जेठ २५ । टोखा नगरपालिकाको ५०% अनुदानमा फलफुल-तरकारीका विउ वितरण सम्बन्धी  सार्वजनिक सूचना  जारी गरेको छ।  जेठ २३ गते जारि गरिएको  उक्त सुचनामा टोखा नगरपालिका कृष्ण शाखा काठमाडौंको आर्थिक वर्ष २०७७/७८ को बार्षिक स्वीकृत कार्यक्रम बमोजिम ५० प्रतिसत अनुदानमा फलफूलका बिरुवा र व्यवसायिक तरकारी खेति गर्ने कृषकका लागि तरकारीको बिउ वितरण गरिने भएकोले टोखा नगरपालिकामा रहेका कृषक /कृषक समुह/ कृषि सहकारी /कृषि फार्मले सो सुचना  प्रकाशित भएको १५ दिन भित्र हाइब्रिड तरकारीको बिउ र फलफूलका बिरुवाहरु आवश्यक जात र परिमाण खुलाई कृषि शाखामा कार्यालय समयमा निवेदन दिन अनुरोध गरिएको छ ।

निवेदन पेश गर्दा संलग्न गर्नु पर्ने कागजात

१ )निवेदन

२) नागरिकताको फोटोकपि

३) जग्गाधनी पुर्जाको प्रतिलिपि/ जग्गा भाडाको सम्झौता पत्रको प्रतिलिपि

४) व्यवसायिक फर्मको हकमा फर्म दर्ता र प्यान दर्ताको प्रतिलिपि

बिस्तृत जानकारीको लागि टोखा नगरपालिका कृषि शाखामा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।