कपन जेसिज द्वारा महानगरीय प्रहरी प्रभाग कपनलाई स्वास्थ्य सामग्री सहयोग

कपन जेसिज द्वारा महानगरीय प्रहरी प्रभाग कपनलाई स्वास्थ्य सामग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्र मोर्चामा रहेर सक्रिय  महानगरीय प्रहरी प्रभाग कपनलाई कपन जेसिजले  स्वास्थ्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

कपन जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि नवराज बनको नेतृत्वमा कपन जेसिज बर्ष २०१६ का अध्यक्ष मनोज (होम बहादुर)अधिकारी, बर्ष २०१७ का अध्यक्ष जेसि जे.बि. दिपक अधिकारी, बर्ष २०१८ का अध्यक्ष जेसि बिकास श्रेष्ठ, बर्ष २०१९ का अध्यक्ष जेसि अमित अधिकारी, बर्ष २०२० का अध्यक्ष तथा बुढानिलकण्ठ नगरपालिका युबा परिषद अध्यक्ष रुपेश भट्टराई तथा कपन जेसिजका पदाधिकारीहरुको उपस्थितिमा महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक भगवती तिमल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

सो अबसरमा छोटो मन्तव्य राख्दै कपन जेसिज बर्ष २०२१ का अध्यक्ष नवराज बन र बर्ष २०१७ का अध्यक्ष जे.बि. दिपक अधिकारीले बर्तमान स्वास्थ्य संकटको समयमा कपन प्रहरी परिबारले खेलेको सकारात्मक भुमिका प्रती उच्च सम्मान प्रकट गरेका थिए  ।

महानगरीय प्रहरी प्रभागको तर्फबाट स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रहारी निरीक्षक भगवती तिमल्सिनाले यस संकटको समयमा कपन जेसिजले यति ठूलो मात्रामा दिएको सामग्री प्रती आभार प्रकट गर्दै  सुरक्षा ब्यबस्थापनमा कपन जेसिजकोको निरन्तर सहयोगको लागि अनुरोधगरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।