गोकर्णको सहयोगी मा बी खोप केन्द्रमा सहजीकरण गर्दै गोकर्णेश्वर युवा उपकार क्लब

गोकर्णको सहयोगी मा बी  खोप केन्द्रमा सहजीकरण गर्दै गोकर्णेश्वर युवा उपकार क्लब

कपन अनलाइन

काठमाडौं, जेठ २५। सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन लागिएको हो।

आज देखि २९ जेठसम्म चल्ने अभियान अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले पनि गोकर्णको सहयोगी माध्यमिक विद्यालय र चामुण्डा माध्यमिक विद्यालय नारायणटार  गरि दुइ वटा खोप केन्द्र तोकेको छ ।

उक्त खोप अभियानलाइ गोकर्णको  सहयोगी माध्यमिक बिद्यालय खोप केन्द्रमा गोकर्णेश्वर युवा उपकार क्लबका सदस्यहरुले स्वयम सेवकको रुपमा सहजीकरण गरिरहेको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

उनका अनुसार खोप केन्द्रमा आउने ज्येष्ठ नागरिकहरुलाई  जनचेतना जगाउदै स्यानीटाइज , मास्क, पानी वितरण गर्नुको साथै खोप स्थल सम्म भौतिक दुरी कायम गर्दै लाने काम समेत गरिरहेका छन भने खोप पश्चात ३० मिनेट निगरानी कक्षमा समेत राख्नको लागि सहजीकरण गरिरहेका छन  ।

तपाइँको प्रतिक्रिया ।