गोकर्णेश्वर ३ तारेभिरमा ५९ जनाको एन्टीजेन परिक्षण गर्दा ,९ जनामा कोरोना

गोकर्णेश्वर ३ तारेभिरमा ५९ जनाको एन्टीजेन परिक्षण गर्दा ,९ जनामा कोरोना

कपन अनलाइन

काठमाडौं जेठ २५। गोकर्णेश्वर नगरपालिकाले टोल टोलमा एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्दै आएको छ। समुदायमा कोरोना संक्रमणको अवस्था बुझी त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले  टोल टोलमा एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिरहेको छ। सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिर स्थित तारेभिर  आधारभूत बिध्यालय परिसरमा २४ जना पुरुष र ३५ जना महिला गरि कुल ५९ जनाको  परिक्षण गर्दा २ जना पुरुष र ७ जना महिलामा एन्टीजेन पोजेटिभ देखिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिए।

आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा स्थित ग्राम सुधार आधारभूत बिध्यालय परिसरमा एन्टीजेन प्रबिधि मार्फत  ५० जनामा परिक्षण गर्दा २ पुरुष र ३ जना महिला गरि ५ जनामा एन्टीजेन पोजेटिभ देखिएको थियो   । उक्त परिक्षणमा वडा अध्यक्ष  भण्डारी सहित वडा सदस्य लक्ष्मण गोले, सुन्तखान युवा क्लबले स्वयं सेवकको रुपमा परिक्षणलाइ सहजीकरण गरिरहेका छन  ।

तपाइँको प्रतिक्रिया ।