घनश्याम भुसालको प्रश्न : नेकपा एमालेमा “मण्डले” समुह खडा भएको त हैन ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४ ।
नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा मण्डले समुह खडा भएको त हैन ? भन्ने प्रश्न गरेका छन ।
सामाजिक संजालमा लेख्दै उनले पञ्चायत धराशायी हुनुमा त्यस मण्डले समूहको कम्ति योगदान योगदान थिएन भन्दै अहिले एमालेमा पनि त्यस्तै समुह हावी भएको हो कि भन्दै प्रसं गरेका हुन्।
भुषालले सामाजिक संजालमा राखेको सामाग्री :
फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?
धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।
तपाइँको प्रतिक्रिया ।