संविधान होइन अविश्वासको प्रस्ताव ल्याउने

१३ जेठ,काठमाडौ। बाहिर बाहिर संघियतामा कुरा नमिलेको दावी गरेपनि दलहरुले सत्तालाई नै  मुख्य विषय बनाएका छन्। संविधानका विवाद त केवल देखाउने दाँत रहेको प्रष्ट छ। विशेषगरी कांग्रेस र एमालेलाई अहिले संविधान बन्ला कि नबन्ला भन्दा पनि माओवादी सरकारमा भएकोमा खट्किएको छ । संविधानसभाबाट कसरी संविधान जारी गर्ने भन्दा पनि बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट कसरी हटाउने त्यसकाम समय खर्चदैछन् कांग्रेस र एमाले। संसद सचिवालयका एक गोप्य कोठामा बसेको कांग्रेसका चार वरिष्ठ नेताले संविधान होइन जेठ १४ अगावै बाबुरामलाइ कसरी राजिनामा दिन लगाउने भन्ने बारेमा चर्चा गरेको त्यहाँका एक कर्मचारीले बताएपछि कांग्रेसको पोल खूलेको हो।

शुक्रवार प्रधानमन्त्री कार्यालयमा भएको बैठक सकिएपछि कांग्रेसका नेताहरु एमालेको संसदिय दलमा पुगेका थिए,कांग्रेसबाट सभापति कोइराला,शेरवहादुर देउवा,रामचन्द्र पौडेल र कृष्ण सिटौला थिए भने एमालेका तर्फबाट अध्यक्ष खनाल ,माधव नेपाल र बहुमत स्थायी समित सदस्य थिए। यो वैठकमा संविधानका विषय र संघियताका खाँकामा चर्चा भएन, बरु बाबुराम भट्टराई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति।
संविधानसभा विघटन भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईलाई कसरी हटाउने भन्ने बारेमा छलफल भएको थियो। उनीहरुले संविधानसभाको म्याद सकिएपछि ‘कु’ जस्तो नदेखीने गरी राष्ट्रपतिबाट हटाउने मिल्ने तरिकामा सहमति गरेको बताइएको छ। राष्ट्रपति कांग्रेसकै भएकाले पनि कांग्रेस एमालेमा हौसला बढेको बताइएको छ।
तपाइँको प्रतिक्रिया ।