नागार्जुन नगरपालिकाको मेलम्ची खानेपानी र कोभशिल्ड भ्याक्सिन उपलब्ध गराई दिन प्रधानमन्त्री समक्ष माग

नागार्जुन नगरपालिकाको मेलम्ची खानेपानी र कोभशिल्ड भ्याक्सिन उपलब्ध गराई दिन प्रधानमन्त्री समक्ष माग

कपन अनलाइन

काठमाडौं जेठ २४ । नागार्जुन नगरपालिकाले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई मेलम्चीको खाने पानी र कोभशिल्ड भ्याक्सिन  उपलब्ध गराई दिन  माग गरेको छ।  जेठ २३ गते आइतबार नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी तथा प्रशासन तथा योजना उपशाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगी  प्रधानमन्त्री के पि शर्मा ओलीलाइ  नागार्जुन नगरपालिका भित्र खानेपानीको अभाब भएको कारणले नगरपालिका भित्र डिप बोरिङबाट खानेपानी व्यवस्थापन भई रहेको र त्यस बाट जनताको माग बमोजिम खानेपानी आपूर्ति हुन नसकेकोले खानेपानीको समुचित व्यवस्था  गर्न माग गरेको हो ।

नगरपालिका काठमाडौं उपत्यका  खानेपानी लिमिटेडको शेयर सदस्य समेत भएकोले नागार्जुन नगरपालिका भित्र  रहेको खानेपानी ट्यांकीहरुमा खानेपानी संकलन गरि सर्वसाधारणमा वितरण गर्ने प्रयोजनको लागि हाल संचलनमा आएको मेलम्ची खानेपानीको लाइन उपलब्ध  गराइ सहयोग गर्न समेत अनुरोध गरेको छ ।

त्यसैगरी नगरपालिकाले बिश्व ब्यापी महामारीको रुपमा रहेको कोभिड १९ संक्रमण बाट नगरपालिकामा समेत ज्यादै बढ्दै गएको र खोप लगाउन बाँकी रहेका नगरबासीहरु बाट समेत अत्याधिक माग भई आएकोले पहिलो डोज पचास हजार र दोस्रो डोज ६ हजार गरि कुल एघार हजार कोभशिल्ड भ्याक्सिन उपलब्ध गराई सहयोग गर्न समेत माग गरेको  नगर प्रमुख मोहन बहादुर बस्नेतले जानकारी गराए ।प्रधानमन्त्री केपी शर्मा ओलीले माग भएका बिषयहरु यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेको उनले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।