शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३५६ पुग्यो ,कुन वडामा कति संक्रमित ?

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३५६ पुग्यो ,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, जेठ २४। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ  २३ गते सम्ममा १५७जना महिला र १९९ जना पुरुष गरि कुल ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ४१ जना महिला र ५६ जना पुरुष गरि ९७ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ९जना पुरुष र ६ जना महिला गरि १५जनाको कोरोनाको कारण मृत्यु भएको छ भने  ११० जना महिला र १३४ जना पुरुष गरि २४४ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ३९ जना महिला र ५२ जना पुरुष गरि कुल ९१  जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ४ जना पुरुष गरि कुल ६ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १९पुरुष गरि कुल २६ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १५ जना महिला र २५ जना पुरुष गरि कुल ४० जना

वडा नं ४ मा १५ जना महिला र १४ जना पुरुष गरि कुल २९ जना

वडा नं ५ मा ११ जना महिला र १४ जना पुरुष गरि कुल २५ जना

वडा नं ६ मा ४० जना महिला र ३८ जना पुरुष गरि कुल ७८ जना

वडा नं ७ मा २१जना महिला र २५जना पुरुष गरि कुल  ४६जना

वडा नं ८ मा १३ जना महिला र १८ जना पुरुष गरि कुल ३१ जना

वडा नं ९ मा १४ जना महिला र २४ जना पुरुष गरि कुल ३८ जना त्यसै गरि अन्यमा ११ जना महिला र ११ जना पुरुष गरि कुल २२ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म  ७८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।