ओखलढुंगाको मानेभञ्ज्याङ-७ अवैध उत्खनन गर्ने पक्राउ ,सवारी नियन्त्रणमा

ओखलढुंगाको मानेभञ्ज्याङ-७ अवैध उत्खनन गर्ने पक्राउ ,सवारी नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

ओखलढुंगा  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ को सुनकोसी नदी र भँडारे खोलाको दोभानमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा डोजर, टिफर र चालक नियन्त्रणमा परेका छन् । प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले अवैधरुपमा उत्खनन् गर्ने डोजर, टिफर र चालक नियन्त्रणमा लिएको हो ।

आज दिउँसो गस्तीमा गएको प्रहरी टोलीले १५ टिफर बालुवा उत्खनन गरिरहेको अवस्थामा २ वटा टिफर र एउटा जेसीबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । टिफर र जेसीबीसँगै ३ जना चालक र अन्य १ गरी ४ जना उत्खनन् कार्यमा संलग्नलाई समेत पक्राउ गरि मानेभञ्ज्याङ गाउँपालिकामा आवश्यक कारबाहीका लागि जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका डोजर र टिफर भने हर्कपुर प्रहरी चौकीमा राखिएको छ ।फोटो सौजन्य :ओखलढुंगा खबर

तपाइँको प्रतिक्रिया ।