चन्द्रागिरी नगरपालिका वडा नं ६ मा आज एन्टिजेन प्रबिधी मार्फत कोरोना परीक्षण गरिने

चन्द्रागिरी नगरपालिका वडा नं ६ मा आज एन्टिजेन प्रबिधी मार्फत कोरोना परीक्षण गरिने

कपन अनलाइन

काठमाडौं जेठ २३। चन्द्रागिरी नगरपालिका वडा नं ६ मा आज एन्टिजेन प्रबिधी मार्फत कोरोना परीक्षण गरिने भएको भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा आज जेठ २३ गते आइतबार चन्द्रागिरी नगरपालिका वडा नं ६को चन्दन भराटेश्वर महादेव मन्दिरमा   एन्टिजेन परीक्षण गर्न लागिएको वडा अध्यक्ष संजय सिग्देलले कपन अनलाइनलाइ जानकारी गराए ।

उनले बिहान ८ बजे देखि  १० बजे सम्म नाम दर्ता गर्न सकिने जानकारी गराए ।‘समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण र्ने योजना बनाइएको बताउदै  चन्द्रागिरी नगरपालिका वडा नं ६ भित्र रहेका कोभिडका संक्रमित ब्यक्तिहरुको नजिक सम्पर्कमा रहेका (contract Tracing) मा परेका कोभिडको लक्षण देखिएका ब्यक्तिहरुले तोकिएको स्थानमा गइ परिक्षण गर्न पनि उनले अनुरोध गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।