तारकेश्वर नगरपालिकामा  वडास्तरीय आकस्मिक रक्तदान

तारकेश्वर नगरपालिकामा  वडास्तरीय आकस्मिक रक्तदान

कपन अनलाइन

काठमाडौं,जेठ २३ । तारकेश्वर नगरपालिकामा  वडास्तरीय आकस्मिक  रक्तदान कार्यक्रम सुरु भएको छ । पहिलो दिन नगर प्रमुख रामेश्वर बोहराले बिन्धबासिनी मन्दिरको पहिलो रक्तदाता सीता घलेलाई ब्लड ब्याग दिएर कार्यक्रम सुभारम्भ भएको घोषणा गरेका थिए  । रक्तदान कार्यक्रममा नगर उपप्रमुख भवानी डाटेल धिताल लगायत जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो  । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा  गरि सुरक्षित तवर बाट हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा भएको  पहिलो दिनको रक्तदान कार्यक्रममा ११ जना महिला र २४ पुरुष गरि कुल  ३५ जना रक्तदाताहरुले  रक्तदान गरेका थिए ।

तारकेश्वर नगरपालिकाको आयोजनामा भएको  वडास्तरीय रक्तदान रक्तदान असार २३ गतेसम्म निरन्तर चल्ने नगरप्रमुख रामेश्वर बोहराले जानकारी गराए  । सबै वडाहरुमा हुने रक्तदान कार्यक्रममा पायक पर्ने स्थानमा उपस्थित भएर रक्तदान गर्न नगर प्रमुख बोहोराले सबै नगरबासीमा अनुरोध गरेका छन।नगर उपप्रमुख भवानी डोटेल धितालले कोरोना महामारीले रगतको अभाव भइरहेको थाहा हुने वित्तिकै नगरपालिकाको आकस्मिक बैठकले रक्तदान गर्ने निर्णय गरेअनुसार कार्यक्रम सुरु गरिएको बताएकी छिन ।

 

 

तपाइँको प्रतिक्रिया ।