कपन ह्यान्डबल मैदान नजिक पसलको ताल्चा फोरेर चोरी गर्ने चार जना पक्राउ

कपन ह्यान्डबल मैदान नजिक पसलको ताल्चा फोरेर चोरी गर्ने चार जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

जेष्ठ २१ गते रातीको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन ह्याण्डबल ग्राउण्ड नजिक सोम बहादुर थापाको किराना पसलमा कोहि नभएको समयमा किराना पसलको ढोकाको ताल्चा फुटाई चोरी गरि फरार रहेका चार जना पक्राउ परेका छन।

चोरी गरेर फरार  मानिसहरुको खोजतलास गर्ने क्रममा जेष्ठ २२ गते बिहान ७:०० बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ कपन फैकाचोक नजिक बाट चोरीमा संलग्न अजय मगर समेत ३ जना र  वडा नं. १० कपन साततले नजिक बाट सुमग अधिकारीलाई चोरी गरिएको नगद, विभिन्न कम्पनिको रिचार्ज तथा अन्य सामान सहित पक्राउ गरिएको कपन प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई  थप अनुसन्धानत तथा कारबाहिका  लागि महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाण्डौ पठाईएको छ।

तपाइँको प्रतिक्रिया ।