वातावरण दिवसमा नव जागृति मावी र सामिनको वृक्षारोपण

वातावरण दिवसमा नव जागृति मावी र सामिनको वृक्षारोपण

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २२।

विश्व वातावरण दिवसको अवसरमा काठमाण्डौ महानगरपालिका बौद्ध रामहिटीमा रहेको नव जागृति  मावी र सामाजिक क्षेत्रमा सक्रिय रहेको सामाजिक जागरण नेपाल (SAMIN ) ले वृक्षारोपण गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन जोर धारा खानेपानी संरक्षण संस्थाको परिसरमा पारिजातको विरुवा रोपिएको सामिनका सुविन चालिसेले जानकारी दिएका छन।

आफ्नो जन्मदिनमा एक विरुवा रोप्ने अभियान चलाएको सामिनको संयोजनमा वृक्षारोपण गरिएको जानकारी दिदै नव जागृति  मावीका प्रधानाध्यापक डम्बर राई वातावरण संरक्षण सबैको साझा दायित्व रहेको धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।