शार्ली एब्दोले छापेको कार्टुनको सर्वत्र विरोध

शार्ली एब्दोले छापेको कार्टुनको सर्वत्र विरोध

01-1099 कपन अनलाइन\२०७१ माघ ६ गते\
फ्रान्सको व्यङ्ग्य पत्रिका शार्ली हेब्दोले भर्खरैको अंकमा छापेको महम्मदको कार्टुनको सर्वत्र विरोध भइरहेको बताइएको छ । विश्वभर विरोध भइरहेको उक्त कार्टुनको अफ्रिकाका विभिन्न देशरूमा प्रदर्शनहरू जारी रहेको समाचार स्रोतले बताएको छ ।

 

ईश्वर महान् छन् भन्दै विरोधमा उत्रेका समूहले अफ्रिकाका विभिन्न सहरहरूमा रहेका चर्चमा आगजनी गरेका छन् । गत शुक्रबार निजरको दोस्रो ठूलो सहर जिन्दरमा भएको प्रदर्शनमा ४ जनाको ज्यान गएको थियो भने शनिबारको प्रदर्शनमा पाँच जनाको ज्यान गएको थियो ।

 

नाइजर, अल्जेरिया, मौरिटानियाजस्ता देशहरूमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरूले फ्रान्सको राष्ट्रिय झण्डा जलाएका थिए । प्रदर्शनको क्रममा सुरक्षा निकाय र प्रदर्शनकारी दुवै पक्षका धेरैजना घाइते भएको एजेन्सीले जनाएको छ ।

 

मुस्लिम देशहरूमा प्रदर्शन र विरोध कायम रहेको बेला एक दक्षिण एसियाली राष्ट्र अफगानस्थानका राष्ट्रपनि असरफ घानीले महम्मदको कार्टुन छाप्नु भनेको मुस्लिम धर्ममाथि नै धक्का लाग्नु भएको बताएका छन् । पत्रिकाको गलत निर्णयका कारण विश्वभरका मुस्लिमहरूको प्रतिष्ठामा आँच आउने कार्य भएको उनले बताए ।

 

उक्त कार्टुन प्रकाशनकै विषयलाई लिएर गत जनवरी ७ का दिन पेरिसमा रहेको शार्ली एब्डोमा भएको आक्रमणबाट पत्रकारसहित १२ जनाको ज्यान गएको थियो । आक्रमणको जिम्मा अलकायदाले लिइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।