दक्षिणकाली नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब आव्हान

दक्षिणकाली नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब आव्हान

कपन अनलाइन

काठमाडौं, जेठ २२ ।दक्षिणकाली नगरपालिकाकी उप प्रमुख बसन्ती डंगोल तामाङले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञालाइ मध्यनजर गर्दै  आर्थिक २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि सुझाबहरु पठाउन अनुरोध गरेकी छन ।उनले दक्षिणकाली नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि विकासको क्षेत्रहरु:

 (१) आर्थिक विकास

 (२) सामाजिक विकास

 (३) पुर्वाधार विकास

 (४) वन तथा वातावरण विकास

(५) विपद व्यवस्थापन

 (६) सुशासन तथा संस्थागत विकासका बिषयहरुलाई समेटिने गरि के-कस्ता योजना तथा कार्यक्रमहरु समावेश गर्नु पर्छ भन्ने बिषयमा नगरबासीहरुको सल्लाह सुझाब आवश्यक भएको हुँदा बुदागतरुपमा नगरउप प्रमुखको सामाजिक संजाल फेसबुक वा  इमेल : [email protected] मा  पठाउन अनुरोध गरेकी छिन ।

तपाइँको प्रतिक्रिया ।