पछिल्लो २४ घण्टामा नागार्जुन नगरपालिकाका थप २७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नागार्जुन नगरपालिकाका थप २७ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं, जेठ २२ ।पछिल्लो २४ घण्टामा नागार्जुन नगरपालिकाका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जेठ २० गते सम्म  सम्ममा १४१८ जना पुरुष र  ११४५ जना महिला गरि कुल  २५६३  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने  २०७८ जेठ २१ गते सम्ममा १४३६ जना पुरुष र  ११५४  जना महिला गरि कुल  २५९०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ। कुल संक्रमित मध्ये ९५५ जनाले  कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ३८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १५४७ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५० जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५९७ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २६४जना पुरुष र २१८ जना महिला गरि ४८२ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १५९ जना पुरुष र  १५४ जना महिला गरि ३१३ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा १२०  जना पुरुष र ६४ जना महिला गरि १८४ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा ३१४  जना पुरुष र २७४ जना महिला गरि ५८८  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा १०८ जना पुरुष र ९५ जना महिला गरि २०३  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १६६ जना पुरुष र १३९ जना महिला गरि ३०५ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७२ जना पुरुष र ५४ जना महिला गरि  १२६ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  २९ जना पुरुष र २९ जना महिला गरि ५८  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   ९१ जना पुरुष र ५४ जना महिला गरि १४५ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ११३ जना पुरुष र ७३ जना महिला गरि  १८६ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।