जनसेवामा सक्रिय बन्यो नेकपा एमाले चम्पादेवी : गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रलाई सहयोग

जनसेवामा सक्रिय बन्यो नेकपा एमाले चम्पादेवी : गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रलाई सहयोग

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ २२।

नेकपा एमाले चम्पादेवीले गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रहरुमा आवस्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

कोरोना प्रकोपको दोश्रो लहरमा गाउँपालिकाको सामूदाय स्तरमा संक्रमण फैलिए संगै सहयोग समिति गठन गरेर जनसेवाको अभियान शुरु गरेको नेकपा एमाले चम्पादेवीले पहिलो चरणमा ११ वटा स्वास्थ्य केन्द्रहरुलाई विभिन्न सामाग्री सहयोग गरेको थियो।

गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रलाई थर्मल गन-१२ थान, अक्सिमिटर- १३ थान,नेबोलाईजर मेसिन १४ थान,डिजिटल प्रेसर जाच मेसिन -१ थान , पिपिई  सेट-२  थान,मास्क-५ सय थान,सेनिटाईजर-५ लिटर ,पन्जा-१ पाकेट,साबुन-५०पिस,फेस शिल्ड- १०  पिस र ६ हजार बरावरको औषधि  प्रदान गरिएको सहयोग समितिका संयोजक पदम बरालले जानकारी दिएका छन।

को को छन् समितिमा ? 

गाउँ पालिकामा कोरोना प्रकोप बढे संगै गाउँपालिकावासिलाई स्वास्थ्य लगायतका आपतकालीन सेवाका लागि समिति गठन गरेर अभियान संचालन गरिरहेको नेकपा एमाले चम्पादेवीले सहयोग संकलनका लागि निम्न पदाधिकारी र सदस्य रहेको समिति गठन गरेको थियो।

संयोजक : पदम बराल

सह संयोजक :राजेन्द्र पुडासैनी

सचिब-:रमेश कुमार घिमिरे

कोषाध्यक्ष : गौरब थापा

सदस्य : केदार राज पुडासैनी

सदस्य : निराजन पौडेल

सदस्य : खेम मिश्र

सदस्य : सुरेश थापा

सदस्य : शेर ब मगर

सदस्य : धन ब श्रेष्ठ

सदस्य : अस्मिता थापा

 

 

 

तपाइँको प्रतिक्रिया ।