लायन्स क्लवको इन्टरनेसनल डाइरेक्टरमा सहमति जुटेन ,आज मतदान

लायन्स क्लवको इन्टरनेसनल डाइरेक्टरमा सहमति जुटेन ,आज मतदान

कपन अनलाइन

काठमाडौं ,जेठ २२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ मल्टिपलको दुइ दिने  कन्भेन्सनमा सहमतिको प्रयास सफल हुन् नसकेर आज मतदान हुने भएको छ  ।

भर्चुअल माध्यमबाट  भईरहेको उक्त कन्भेन्सनबाट  लायन खगेन्द्र सिटौला र लायन बालकृष्ण बुर्लाकोटी मध्ये १ जना इन्टरनेसनल डाइरेक्टर निर्वाचित हुनेछन । सहमति र सहकार्यको लागि लायन्स लिडरहरु प्रयासरत रहे पनि अन्तत आज अपरान्ह १२ बजे देखि २ बजे सम्म मतदान हुने भएको हो ।

यसै विचमा हिजो शुरु भएको कन्भेन्सनको अन्तिम समयमा आइपुग्दा अहिले भोट तान्ने प्रतिस्पर्धा पनि निकै चलेको छ । यो कन्भेन्सनले निर्वाचित गर्ने नेतृत्वलाई  करिव ३० हजार लायन्स सदस्यहरुले निकै चासोका साथ हेरेका छन।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ए १ मा ६०१,ए २ मा ४६१ ,बि १ मा ११६८ र  बि २ मा ७४७ मतदाता रहेका छन।नेपालमा हालसम्म चार वटा डिस्ट्रिक रहेका छन ।

चार डिस्ट्रिकबाट चयन भएर आएका मध्यबाट लायन्स क्लव अन्तराष्ट्रिय मल्टीपल ‘३२५’ बाट एक जना चुनिएर जानुपर्ने लायनको अन्तराष्ट्रिय मान्यता रहेको छ ।

सोहि मान्यता अनुसार २०१४ र १५ मा अन्तराष्ट्रिय निर्देशकमा लायन्स क्लव अन्तराष्ट्रिय ‘३२५ बि’ बाट लायन्स संजय खेतान सर्वसम्मत रुपमा विजयी बनेका थिए।

तपाइँको प्रतिक्रिया ।