शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३४१ पुग्दा २३२ जनाले कोरोना जिते

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३४१ पुग्दा २३२ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं जेठ २२ ।शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ  २१ गते सम्ममा १५०जना महिला र १९१ जना पुरुष गरि कुल ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ४१ जना महिला र ५३ जना पुरुष गरि ९४ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ९जना पुरुष र ६ जना महिला गरि १५जनाको कोरोनाको कारण मृत्यु भएको छ भने क़ो३ जना महिला र १२९ जना पुरुष गरि २३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ४० जना महिला र ५० जना पुरुष गरि कुल ९०  जना होम आइसोलेसनमा रहेका छन भने १ जना महिला र ३ जना पुरुष गरि कुल ४ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

 

शंखरापुर नगरपालिकाका  कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १९पुरुष गरि कुल २६ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १४ जना महिला र २५ जना पुरुष गरि कुल ३९जना

वडा नं ४ मा १४ जना महिला र १२ जना पुरुष गरि कुल २६ जना

वडा नं ५ मा १० जना महिला र १३ जना पुरुष गरि कुल २३ जना

वडा नं ६ मा ३९ जना महिला र ३६ जना पुरुष गरि कुल ७५ जना

वडा नं ७ मा १९ जना महिला र २४जना पुरुष गरि कुल  ४३जना

वडा नं ८ मा १२ जना महिला र १८ जना पुरुष गरि कुल ३० जना

वडा नं ९ मा १४ जना महिला र २३ जना पुरुष गरि कुल ३७ जना त्यसै गरि अन्यमा ११ जना महिला र १० जना पुरुष गरि कुल २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म  ७५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

 

तपाइँको प्रतिक्रिया ।