लायनवादको आन्दोलन मजबुत बनाउन सहमती र सहकार्य आवस्यक : लायन इन्द्र खत्री (राजन )

लायनवादको आन्दोलन मजबुत बनाउन सहमती र सहकार्य आवस्यक : लायन इन्द्र खत्री (राजन )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

लायन्स क्लव इन्टरनेसनल मल्टिपल काउन्सिल चेयरपर्सन लायन इन्द्र खत्री (राजन )  नेपालमा लायनवादको आन्दोलन मजबुत बनाउन सहमती र सहकार्य आवस्यक रहेको बताएका छन ।

आज बाट शुरु भएको मल्टिपल कन्भेन्सनमा संबोधन गर्दै खत्रीले नेपालको लायन आन्दोलनमा सबै डिस्ट्रिकहरुको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसलाई अझ मजबुत बनाएर अन्तरास्ट्रिय मंचमा लैजानका लागि सबै सदस्य तथा लिडरहरुले खेलेको भूमिकाको प्रसंशा गरेका छन ।

लायन्स क्लव इन्टरनेसनलको रोस्टरमा नेपाली भाषालाई समावेस गराउन गहन भूमिका निर्वाह गरेका पुर्व इन्टरनेसनल डाइरेक्टर संजय खेतानलाई धन्यवाद दिदै उनले सबैको सामुहिक पहलले यहाँ सम्म आइपुगेको बताएका छन ।

सो अवसरमा  लायन रक्त संचार केन्द्र स्थापनाको अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले थप सामाजिक सेवाका क्षेत्रहरुको विस्तारका लागि विधान संसोधन प्रस्ताव गरिएको जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।