राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाले आफ्ना तर्फबाट मन्त्री हुनेहरूको नाम समेत ढुंगो लगाइसकेको छ । जसपाका नेताहरूले शुक्रबार साँझसम्ममा शपथ लिनेछन ।

जसपाबाट १० जना सरकारमा सहभागी हुने निश्चित भएको छ । मधेशको माग पूरा भएकाले सरकारमा सहभागी हुने निर्णयमा पुगेको जसपाका नेताहरूले बताएका छन । दैनिकीलाइ प्राप्त सूचना अनुसार जसपबाट राजेन्द्र महतो  सहरीविकास मन्त्री हुनुहुनेछ । अन्यको मन्त्रालयको टुंगो केहीबेरमा लाग्नेछ ।

त्यस्तै शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, अक्वाल अहमद, चन्दा चाैधरी,  रेनुका गुरूङ, चन्द्रकान्त चाैधरी रहेका छन । सर्वेन्द्रनाथ शुक्लले मन्त्री हुन चाहेको खण्डमा अर्को एक जनालाइ पछि हटाएर उहाँलाइ मन्त्री बनाउने तयारी भएको जसपाश्रोतले जनाएको छ । जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुन लागेको हो । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नविनयुक्त मन्त्रीहरूले सपथ लिनेछन । अहिले सहरी विकाससहित, उद्योग, खानेपानी, युवा तथा खेलकुद, श्रम, गृह, उर्जा मन्त्रालय खाली रहेका छन । जसपा सरकारमा सहभागी भएसँगै केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत हुनेछ ।

तपाइँको प्रतिक्रिया ।