जूत्ता उत्पादक संघमा नयाँ नेतृत्व

जूत्ता उत्पादक संघमा नयाँ नेतृत्व

मघ ५ /छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघको १३ औं वार्षिक साधारण सभाको समुद्घाटन उद्योग मन्त्रालयका सचिव श्री उत्तम कुमार भट्टराईले गर्नुभएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष होमनाथ उपाध्यायले आफ्नो कार्यकालको प्रगति विवरण तथा कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । सोही अवसरमा संघका निवर्तमान कोषाध्यक्ष विश्वज्योती प्रसाईले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । साधारण सभाको बन्द सत्रबाट विद्यान संसोधन गरि संघको नाम, पदाधिकारी संख्या लगायतका विभिन्न विषय छलफलमा ल्याई परिमार्जन गरेको हो । नाम परिवर्तन पश्चात यस संघको नाम अबदेखि जुत्ता उत्पादक संघ नेपाल हुने भएको छ । साथै यस साधारण सभाबाट कोशेली छाला जुत्ता उद्योगका सञ्चालक श्री रविन कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती गठन भएको छ ।

Photo (1)

निर्वाचीत हुने पदाधीकारीहरुमा श्री कृष्ण कुमार फुँयाल (बरिष्ठ उपाध्यक्ष), उत्तम अधिकारी (उपाध्यक्ष), कालिदास गोतामे (उपाध्यक्ष), मनोजकुमार श्रेष्ठ (महासचिव), नवराज गौतम (उप–महासचिव), नानीराज घिमीरे (कोषाध्यक्ष), शम्भुप्रसाद तिमिल्सिना (सचिव) रहेका छन् । त्यसै गरि कार्य समिति सदस्यहरुमा ज्ञानेन्द्र दाहाल, दिपेन्द्र थापा, चोपकुमार श्रेष्ठ, गंगा श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, राजनकुमार श्रेष्ठ र क्रृषिराज घिमिरे निर्वाचीत भएका छन् । साधारण सभामा उपाध्यक्ष एक पद र सदस्य सात पदको लागि मात्र मतदान भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत रुपमा चयन गरिएकोे थियो । सो अवसरमा संघका नवनीर्वाचीत पदाधीकारी तथा सदस्यहरुलाई संघका संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद दाहाल, निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, पुर्व अध्यक्षहरु विरमणी बज्रचार्य, रामकृष्ण प्रसाई तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य भिमलाल पौडेलले अविर तथा माला लगाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।