कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा सबै भन्दा बढी कोरोना संक्रमित, सतर्कता अपनाउन अनुरोध

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा सबै भन्दा बढी कोरोना संक्रमित, सतर्कता अपनाउन अनुरोध

कपन अनलाइन

काठमाडौं,जेठ २९ ।पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १७२२  जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ १९ गते सम्ममा १७२२ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ६७३ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन  ।उनले कुल संक्रमित मध्ये १००९ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै  हाल  सम्म नगरपालिकाका ४१ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन ।

नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा सही तरिकाले  मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगरबासीहरुलाई  अनुरोध गरेका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – २७ जना महिला – १६ जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – २२ जना महिला – ७ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – २० जना महिला – १३ जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – ३६ जना महिला – २२ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ७१ जना महिला- ७५ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १२७ जना महिला- १०५ जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १६४ जना महिला- १४४ जना

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ८६ जना महिला ८१ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष ३५० जना महिला ३५७ जना ।

त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष ३५०  जना   र महिला  ३५७ जना गरि  कुल ७०७ जनामा कोरोना पोजेटिभ देखीएको छ।

तपाइँको प्रतिक्रिया ।